कोदार क्लवलाई एन्फा लिग फुटवलको उपाधी

भोजपुर । कोदार फुटवल क्लवले जिल्ला स्तरीय एन्फा लिग फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । वैकरोड फुटवल क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै कोदार फुटवल क्लवले उपाधी उचालेको हो । उपाधीका लागि फाइनल खेलमा दुई टिम वीच कडा प्रतिस्पर्धा भएको थियो ।

जितसंगै कोदार फुटवल क्लवले २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । उप–विजेता वैकरोड फुटवल क्वलले १० हजार नगद र प्रमाण पत्र पाएको जिल्ला फुटवल संघका अध्यक्ष प्रविन कुमार सुवालले जानकारी दिए ।

प्रतियोगितामा कोदार फुटवल क्लव, बैकरोड फुटवल क्लव, दिंला फुटवल क्लव, सप्तधारा फुटवल क्लव, भोजपुर युवा क्लव, रिमाचुङ स्र्पोट एकेडेमी, होम्ताङ्ग फुटवल क्लव, लाइवेरी फुटवल क्लव, देउराली फुटवल क्लव, नमुना फुटवल क्लव, भोजपुर युथ एकाडेमी र द सोल्टी युनाइटेड वीच प्रतिस्प्रर्धा भएको थियो ।

विजेता टिम कोदारले अव पूर्वाञ्चल स्तरीय खेलमा सहभागिता हुन पाउने छ । जिल्ला खेलकुद विकास समितिको आर्थिक सहयोगमा भोजपुरको टुडीखेलमा ४ गतेबाट शुरु भएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।