षडानन्द नगरपालिकामा निःशुल्क आँखा शिविर

दिंला- षडानन्द नगरपालिकामा निःशुल्क आँखा शिविर सुरु भएको छ। षडानन्द नगरपालिका र नवदृष्टि आँखा अस्पतालको संयुक्त आयोजनामा पौष १८ गते देखी २५ गते सम्म सिविर सञ्चालन हुने भएको हो ।

पहिलो सिविर अन्तर्गत महात्मा गान्धि अस्पताल,दिंला बजारमा १८ र १९ गते सिविर सम्पन्न भईसकेको छ । महात्मा गान्धी अस्पताल भवनमा २०१ जनाको निःशुल्क आँखा चेकजाँच गरिएकोमा ३२ जना मोतिया विन्दुको विरामी पाईएको नवदृष्टि अस्पतालले जनाएको छ । मोतियाविन्दुका विरामीको नवदृष्टि अस्पताल तुम्लींगटारमा निःशुल्क शल्यक्रिया गरिने अस्पतालले जनाएको छ । पौष २० र २१ गते देउराली स्वास्थ्य चौकी , २२ र २३ गते सन्त सावित्रा मा.वि.नेपालेडाँडा, १४ र २५ गते महेन्द्रोदय मा.वि.,बोया र २६ गते भक्तिविलास अस्पताल,गहतेमा सञ्चालन हुने षडानन्द नगरपालिकाका उप प्रमुख प्रमिला राईले जानकारी दिईन ।

आँखाको विरामीहरु विशेषगरि मोतियाविन्दुको समस्या भएका विरामीहरुलाई लक्षित गरेर स्थानिय स्तरमै उपचार गराउने उद्देश्यले शिविरको आयोजना गरीएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले जानकारी दिए ।