षडानन्द नगरपालिकाका १ हजार २१ जना आँखाका विरामीको निःशुल्क आँखा परिक्षण

दिंला- षडानन्द नगरपालिकाका १ हजार २१ जना आँखाका विरामीको निःशुल्क आँखा परिक्षणभएको छ। षडानन्द नगरपालिका र नवदृष्टि आँखा अस्पतालको संयुक्त आयोजनामा पौष १८ गते देखी २६ गते सम्म सञ्चालन भएको सिविरमा आँखाका विरामीहरुको निःशुल्क परिक्षण भएको हो ।

१ हजार २१ जनाको परिक्षण गरिएकोमा १ सय ४५ जनालाई मोतियाविन्दुको समस्या देखिएको नवदृष्टि अस्पतालले जनाएको छ। ६ सय जनालाई निःशुल्क औषधी वितरण गरिएको र उनिहरुमध्ये १७ जना मोतियाविन्दुका विरामीको नवदृष्टि अस्पताल तुम्लींगटारमा निःशुल्क शल्यक्रिया गरिएको पनि अस्पतालले जनाएको छ ।

पौष पौष १८ र १९ गते गान्धी अस्पताल दिंला बजार, २० र २१ गते देउराली स्वास्थ्य चौकी , २२ र २३ गते सन्त सावित्रा मावि नेपालेडाँडा, २४ र २५ गते महेन्द्रोदय मावि बोया र २६ गते भक्तिविलास अस्पताल,गहतेमा सञ्चालन भएको नगरपालिकाका उप प्रमुख प्रमिला राईले जानकारी दिईन ।

आँखाको विरामीहरु विशेषगरि मोतियाविन्दुको समस्या भएका विरामीहरुलाई लक्षित गरेर स्थानिय स्तरमै उपचार गराउने उद्देश्यले शिविरको आयोजना गरीएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले जानकारी दिए ।