
दिंला- भोजपुरको षडानन्द नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । हेल्पिङ ह्याण्डस हेल्थ एजुकेशन इन्टरनेशनलसँगको संयुक्त आयोजनामा सिविर सञ्चालन हुने षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार भण्डारीले जानकारी दिए ।
माघ २६ र २७ गते षडानन्द नगरपालिका ७ स्थित महात्मागान्धी मेमोरियल अस्पतालमा सञ्चालन हुने सिविरमा आँखा, दाँत, बाल रोग, तथा स्त्री रोग सम्वन्धी चेकजाँच तथा उपचार हुने नगरपालिकाका उपप्रमुख प्रमिला राईले जानकारी दिईन ।
शिविरमा निःशुल्क चस्मा वितरण गरिने नगरपालिकाले जनाएको छ । अप्रेसन गर्नुपर्ने जटील प्रकृतिका समस्या भएका अतिगरिबको लागि सहुलियतमा उपचार गर्न नगरपालिकाले प्रयत्न गरिरहेको नगर प्रमुख सुरेन्द्र कुमार उदासले जानकारी दिए ।