भोजपुरका ३ पालिकामा युवा संघको अधिवेशन सम्पन्न

भोजपुर- नेपाल कम्युनिष्ट  पार्टी (एमाले)को भात्रृ संगठन राष्ट्रिय युवा संघ नेपालले भोजपुरका ३ वटा पालिकामा युवा संघको अधिवेशन सम्पन्न गरेको छ । षडानन्द नगरपालिका, हतुवागढी र साल्पासिलिंछो गाउँपालिकामा युवा संघले सर्वसम्मत नेतृत्व चयन गर्दैअधिवेशन सम्पन्न गरेको हो ।

कमिटीको भेला तथा अधिबेशनबाट षडानन्द नगरपालिकामा युवराज राईको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी, हतुवागढी गाउँपालिकामा बिश्वहाङ्ग राईको अध्यक्षतामा ४३ सदस्यीय र साल्पा सिलिंछोँ गाउँपालिकामा राज कुमार राईको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटी गठन गरिएको राष्ट्रिय युवा संघ भोजपुरका अध्यक्ष विमल रनपहेलीले जानकारी दिए ।

यस्तो छ ३ पालिकाका मुख्य ६ पदाधिकारीको नामावलीः

षडानन्द नगरपालिका

अध्यक्षःयुवराज राई
उपाध्यक्षःराजु जोगी
सचीवःव्रिटिस राई
उपसचिवःधन कुमार अधिकारी
सिताराम धौलाकोटी
कोषध्यक्षःसुष्मा तामाङ्ग

हतुवागढि गाउँपालिका

अध्यक्षःबिश्वहाङ्ग राई हतुवागढि
उपाध्यक्षःउद्दिम राई
सचिवःसुजन राई
उपसचिवःदेबि बि.क.
युकेश राई
कोषाध्यक्षःबिनोद बस्नेत

साल्पासिलिछो गाउँपालिका

अध्यक्षःराज कुमार राई
उपाध्यक्षःविगेन्द्र राई
सचिबःसंजिता लुईटेल
उप सचिवःमहेश राई
बिशाल राई
कोषाध्यक्षःप्रमिला घले