
भोजपुर, १९ फागुन- विद्यार्थी नेता माथि साङघातिक रुपमा आक्रमण भएकोप्रति अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन षडानन्द बहुमुखी क्याम्पस कमिटीले भत्र्सना गर्दै विज्ञप्ती जारी गरेको छ ।
षडानन्द बहुमुखी क्याम्पस कमिटीको आयोजनामा भएको सामान्य भेटघाट तथा स्ववियु सभापतिको उमेद्वारको विषयमा छलफल भईरहेको अवस्थामा षडानन्दका नेपाली काङग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजबादीका जिम्मेबार पदाधिकारीहरुले गुण्डागर्दी शैलीमा प्रबेश गरेर संगठनका सभापति भुवन खत्री र सदस्य निगम खत्री माथी क्याम्पस परिसरमा मराणसन्न हुने गरी कुटपिट भएको भन्दै विज्ञप्ती जारी गरेको हो ।
विद्यार्थीहरुको भेलामा प्रवेश गरी कुटपिटमा संम्लग्नलाई पक्राउ गरी कानुन बमोजिमको कारबाहीको माग गरिएको छ ।