७ बर्षदेखि आफ्नै तलववाट छात्रबृत्ति वितरणगर्दै शिक्षिका पोख्रेल

भोजपुर- सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई समाजप्रति अनुत्तरदायी भएको पुष्टी गर्ने विभिन्न तर्क पेश गरेको सुनिन्छ । आफ्नो जिम्वेवारीप्रति गम्भीर नभएको भन्ने आरोपवाट प्रायः कमै शिक्षक कर्मचारी अछुत रहन्छन् । यस्तो अवस्थामा भोजपुरको एक विद्यालयकी शिक्षिकालेभने आफ्नै तलबवाट ७ बर्ष देखि निरन्तर विद्यार्थीहरुलाई पोशाक र छात्रवृत्ति तथा बृद्धालाई भत्ता समेत वितरण गरेर समाजमै नमुना काम गर्दै आएकी छिन् ।

भोजपुरको अरुण गाउँपालिका ५ स्थित पञ्चकन्या आधारभूत विद्यालय याकुकी शिक्षिका प्रतिमा पो्ख्रेलले ७ बर्ष देखि निरन्तर विद्यार्थीहरुलाई पोशाक र छात्रवृत्ति तथा स्थातिय एक वृद्धालाई मासिक आर्थिक सहयोग गरि वितरण गर्दै समाजमा उदाहरणीय कार्य गर्दै आएकी हुन् । उनले बिगत झैँ यो साल पनि विभिन्न मितिमा विभिन्न विद्यालयमा पुगि विद्यालय पोसाक शैक्षिक सामग्री र छात्रवृत्ति रकम वितरण गरेकीछिन् । शिक्षिका प्रतिमा पोख्रेल समाजसेवा साथै साहित्य र समाजसेवा प्रति आफ्नो रुचिको बिषय बनाएर अग्रता लिरहेकी छिन् । उनले २०७३ साल बाट आफुले अध्ययन गराउँदै आएको विद्यालय श्री पञ्चकन्या आधारभूत विद्यालयका १९ जना अनाथ विद्यार्थीहरुलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिरहेकीछिन् ।

उनले अन्य विद्यालयमा पनि त्यस किसिमका बालबालिकाहरुलाई कतै छात्रवृत्ति कतै पोशाक र शैक्षिक सामग्री वितरण गर्दै निरन्तर रुपमा हाल सम्म उनले ७ ओटा विद्यालयका २९ जना अनाथ विद्यार्थीहरुलाई विद्यालय पोशाक छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरिरहेकी छिन् । उनले पञ्चकन्या आधारभूत विद्यालय विश्वविद्योदय प्रा।वि।, विश्व प्रेमी माध्यमिक विद्यालय , सगरमाथा माध्यमिक विद्यालय , बालमन्दिर भोजपुर , महेन्द्रोदय माद्यामिक विद्यालय र नरग्राम माध्यमिक विद्यालय मोरङका अनाथा विद्यार्थीहरुलाई सहयोग गर्दै आएकीहुन । उनले भोजपुर अरुण गाउँपालीका ५ बस्ने कुमारी ढकाललाई ४ बर्षदेखि निरन्तर  आर्थिक सहयोग पनि उपलव्ध गराउँदै आइरहेकी छिन् । छात्रवृत्ति, पोशाक, शैक्षिक सामग्री र आर्थिक गरि हालसम्म २ लाख बढि समाज सेवामा सहयोगगरिसकेको उनि वताउँछिन् ।

उनले आफ्नो कार्यलाई बर्सेनि निरन्तरता दिने क्रममा भर्खरै यस बर्ष विश्व प्रेमी माध्यमिक विद्यालयमा ३ जना, सगरमाथा माध्यमिक विद्यालयमा २ जना र श्री विश्वविद्यो प्रा.वि.का १ जना र पञ्चकन्या आधारभूत विद्यालयमा ११ जना गरि जम्मा १७ जनालाई छात्रवृत्ति, विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरेकी छिन् ।

उनको सामाजिक सेवाको भावना देखेर विद्यालयका परिवार ,अभिभावक, अरुण गाउँपालिकाका अध्यक्ष श्री शालिकराम खत्री, उपाध्यक्ष श्री विनिता ढकाल लगायतका जनप्रतिनिधिले उनलाई धन्यवाद को पात्र भएको वताएकाछन् । उनलाई सगरमाथा माद्यामिक विद्यालायको कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री सालिकराम खत्रीले खादा र अबिर सहित उदाहरणीय शिक्षिका भएको भन्दै सम्मान गरेकाथिए ।

शिक्षण,साहित्य र समाजसेवामा सक्रिय पोख्रेल भन्छिन् “समाजसेवा मेरो सानै देखिको इच्छा हो जो बृद्ध,असहाय,अनाथ तथा अभिभावक बिहिन बालबालिका र गरीब दुःखी देख्दा मेरो मन सारै पिरोलिन्थ्यो,यहि शिक्षण पेसाको रकमलाई घर खर्च बाट केही रकम कटौती गरेर निरन्तरता दिँदै आएकी छु ।” उनि “थप्छिन् मैले कुनै अथाह सम्पत्ति तह लगाउन यो कार्य गरेकी हुइन र कसैसँग हात थापेर यो कार्य गरेको पनि होइन, मेरो एकल प्रयासमा गरेको यो कार्य धन भन्दापनि मनले गरेकी हुँ, यसमा मेरो कुनै स्वार्थ छैन ।”