भोजपुरमा अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनबीच तालमेल

भोजपुर- स्वतन्त्र विद्यार्थी युनियन भोजपुर बहुमुखी क्याम्पसको निर्वाचनमा एमाले सम्वद्द अनेरास्ववियु र जसपा निकट समाजवादी विद्यार्थी युनियन नेपालबीच चुनावी तालमेल हुने भएको छ ।

दुई संगठनबीच शुक्रवार भएको सहमतिअनुसार अनेरास्ववियुले अध्यक्ष १, कोषध्याक्ष १, ४ जना सदस्य पाउने र समाजवादी बिद्यार्थी युनियनले सचिव १ र १ जना सदस्य पाउनेछ । चैत ५ गते स्ववियू निर्वाचन हुँदैछ ।