भोजपुरको षडानन्द क्याम्पसमा अनेरास्ववियु विजयी

दिंला- भोजपुरको षडानन्द बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियु विजयी भएको छ । षडानन्दमा एमाले अनेरास्ववियुका सभापतिका गिरीजा कार्की तिवारीले १०८ मत पाए भने नेवी संघका डिक बहादुर बस्नेतले ६६ मत प्राप्त गरे ।

सचिवमा अनेरास्ववियुका पूर्णबहादुर रोमिला राईले ८६ मत प्राप्त गर्दै विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियूका मिना तामांगले ८४ मत प्राप्त गरिन् । कोषध्यक्षमा अनेरास्ववियुकै रेनुका वस्नेत विजयी भइन् । उनले ९६ मत पाउँदा अखिल क्रान्तिकारीकी अनिता तामांगले ७५ मत प्राप्त गरिन् ।

समानुपातिक तर्फ अनेरास्ववियूले ९२ र गठवन्धनले ७९ मत प्राप्त गरेकाछन् । षडानन्द क्याम्पसमा जम्मा २०६ जना मतदाता रहेकोमा १७८ मत खसेको थियो ।