चुहारको पक्की पुल सात महिना भित्र बन्ने सहमति

भोजपुर- भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको पक्की पुल सात महिनाभित्र निर्माण सम्पन्न हुने भएको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको पहलमा यातायात पूर्वाधार निर्देशानालयको कार्यालय इटहरीमा भएको सर्वपक्षिय वैठकले यस्तो सहमति गरेको हो ।

बैठकमा निर्माण कम्पनी कालिका प्यासिफिक जे.भि.का आधिकारिक प्रतिनिधि ठाकुर प्रसाद कडेलको पनि उपस्थित रहेको थियो । पुल निर्माणको जिम्मा पाएको कालिका प्यासिफिक जे.भि.ले निर्माणमा ढिलाई गरेपछि पुल निर्माण अन्योल हुदै आएको थियो । पुल निर्माणमा ढिलो भएपछि हतुवागढी गाउँपालिका, जनप्रतिनिधि ,संसदहरुले ध्यानआकर्षण गराउदै आए पनि काम सुचारु हुन सकिरहेको छैन ।

वैठकमा पुल निर्माणमा देखिएका समस्याहरु समाधान गर्न निर्देशनालय , निर्माण व्यावसायी,जनप्रतिनिधि र सरकारवाला पक्षले आवश्यक भुमिका निर्वाह गर्ने निर्णय गरेको छ । स्वीस सरकारको स्थानिय सडक पुल सहयोग इकाइ र पुर्वाधार निर्देशनालयले पुलको परिमार्जन भएको डिजाइनको अन्तिम रुप दिदै कामलाई अगाडि वढाउन लागिएको हो ।

निर्माण व्यावसायीले तत्काल व्यावस्थापक र प्राविधिक परिचालन गरि योजना सो को जानकारी यातायात पूर्वाधार निर्देशनालयलाई पठाउने निर्णय समेत गरिएको पूर्व मुख्यमन्त्री शेरधन राईले बताए । आगामी वर्षको असोज १३ गते भित्र पुल निर्माणको काम सक्ने निर्णय भएको समेत राईले बताए ।

भोजपुरको हसनपुर उदयपुरको मैनामैनीको सिमाना चुहार दुधकोशी माथिको निर्माणाधीन पक्की पुल समयमा नै निर्माण नहुदा समग्र जिल्लाकै विकास निर्माण प्रभावित हुदै आएको छ । पुल निर्माण भए भोजपुर सदरमुकामबाट मात्र वैठकमा प्रदेशसभा सदस्य सृजना राईले वैठकको निर्णय कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताए ।
हेर्नुहोस निर्णय: