भोजपुर गोल्डकपको उपाधि क्यामरुनलाई,आयोजक २-० ले स्तव्ध

भोजपुर- अफ्रिकन मुलुक क्यामरुनको एभिनियर फुटबल क्लबले भोजपुर गोल्डकपको उपाधिमा कब्जा जमाएको छ । भोजपुरको स्थानीय टुडिखेलमा आज सम्पन्न फाईनल खेलमा आयोजक भोजपुर जिल्ला फुटबल संघलाई २-० ले स्तव्ध पार्दै उपाधिमा कब्जा जमाएको हो ।

प्रतिष्पर्धात्मक फाईनल खेलको दोस्रो हाफमा क्यामरुनका खेलाडी नगुनी र तिम्बा तिम्बाले एक एक गोल गर्दे टीमलाई उपाधी पक्का गराए । प्रतियोगितामा व्यक्तिगत विधा तर्फ उदयीमान खेलाडी बिनुप राई,उत्कृष्ट गोल रक्षक एलियन, उत्कृस्ट रक्षक एन साङगोउ, उत्कृस्ट मिड फिल्डर नगुनी उत्कृस्ट प्रशिक्षक सागर लामा र सर्बाधीक गोलकर्ता सन्तोस तामाङ र तिम्बा तिम्बा घोसित भएका छन् । प्रतियोगिताका सर्बोकृष्ट खेलाडी बिजय भुजेल घोषित भए ।

प्रतियोगिताको विजेताले उपाधी सहित ट्रफी, मेडल प्रमाण पत्र सहित नगद र ५ लाख र उपविजेताले मेडल प्रमाण पत्र सहित ३ लाख प्राप्त गरेका छन । चैत्र १० बाट शुरु भएको प्रतियोगितामा आयोजक सहित ८ टीमको सहभागिता रहेको थियो ।