भोजपुरमा व्याडमिन्टन प्रतियोगिता आयोजना हुने

भोजपुर– भोजपुरको उत्तरी दिंलामा खुल्ला पुरुष डवल्स व्याडमिण्टन प्रतियोगिताको छैठौं संस्करण चैत्र २६ गते देखि सञ्चालन हुने भएको छ । प्रतियोगिता दिंला बजार स्थित कवर्डहलमा माग २६ गते देखि २८गते सम्म सञ्चालन हुने आयोजक संस्था दिंला व्याडमिण्टन संघका सदस्य नगेन्द्र राईले जानकारी दिए ।

यस बर्ष देखि २ डिभिजनको प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । सिनियर तथा ए डिभिजन र बि डिभिजन गरि २ समुहमा प्रतियोगितामा सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष नरेन्द्र तामांगले खवरट्वीटलाई जानकारी दिए । ए डिभिजन तर्फ प्रथम स्थान हाँसिल गर्ने जोडीलाई ४० हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले २५ हजार नगद, मेडल र प्रमाण पत्र र सेमिफाईनलिष्ट २ टीमले १० १० हजार नगद पाउनेछन । त्यस्तै वी डिभिजन तर्फ प्रथम स्थान हाँसिल गर्ने जोडीलाई २५ हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले १५ हजार नगद, मेडल र प्रमाण पत्र र सेमिफाईनलिष्ट २ टीमले ७५७५ सय नगद पाउने अध्यक्ष तामाङ्गले जानकारी दिए । प्रतियोगिता लिगकम नकआउटको नियममा सञ्चालन गरिने छ । वी डिभिजनमा भोजपुर र संखुवासभाका खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

नेपालमा पछिल्लो समय लोकप्रिय हुँदै गईरहेको व्याडमिण्टन खेलको केहि वर्षयता पुर्वका विभिन्न जिल्लाका सदरमुकामका अलावा गाँउ–गाँउमा समेत व्याडमिण्टन खेलको लोक प्रियता वढे सँगै यस्ता प्रतियोगिता पनि नियमित रुपमा सञ्चालन हुँदै आएका छन् । भोजपुरमा पनि यस्ता प्रतियोगिता जिल्ला सदरमुकामका साथै दिंला, नेपालेडाँडा, चौकिडाँडा लगायतका स्थानमा वार्षिक रुपमा नियमित सञ्चालन हुँदै आएका छन् ।

प्रतियोगिताको प्रायोजक षडानन्द नगरपालिका र षडानन्द नगरपालिका वडा नम्वर ४ रहेकाछन् ।