षडानन्दमा नगरपालिकामा पुनः ३ दिन निल्शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

दिंला, २१ चैत- भोजपुर षडानन्द नगरपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाको आयोजनामा तथा हेल्पिङ हेण्डस् पोलिक्लिलनीक चैनपुर संखुवासभाको प्रायोजनमा भोलि चैत २२ गतेबाट २४ गतेसम्म शिविर सञ्चालन हुन लागेको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिए । शिविरमा स्त्री रोग, जेनेरल फिजिसियन, आँखा रोग विशेषज्ञ र दन्त रोग विशेषज्ञले सेवा दिने जनाइएको छ ।

चैत २२ गते षडानन्द ११ झ्याउपोखरी, र २३ र २४ गते गान्धि मेमोरियल अस्पताल दिङ्लमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । शिविरमा निःशुल्क औषधी र चश्मा समेत वितरण हुने जनाइएको छ ।नगरपालिकामा केहि महिना अघि पनि  आँखा तथा स्वास्थ्य सिविर छुट्टाछुट्टै सञ्चालन गरिएको थियो ।