
संखुवासभाको फ्याक्सिन्दामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थलको सुरुंगमा सुख्खा पहिरो खसेपछि थुनिएको अरुण नदी आठ घण्टापछि आफ्नै धारमा फर्किएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार आइतबार दिउँसो २ बजेर ४५ मिनेटमा नदी आफ्नै धारमा फर्किएको हो । आइतबार बिहान ७ बजेर ४५ मिनेट जाँदा सुक्खा पहिरो खसेपछि अरुण नदी थुनिएको थियो । अरुण तेस्रो आयोजना निर्माणका क्रममा २६ मिटर अग्लो बाँध निर्माण भइसकेको छ ।
बाँधवाट पानी कटाउन वनाईएको टनेललाई खुख्खा पहिरोले थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो । २६ मिटर अग्लो बाँधमा पानी जमेपछि करिब ३ किलोमिटर पानी ताल भएर बसेको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अरुण नदी छेउछाउका वस्तिका बासिन्दालाई सजग हुन आग्रहसमेत गरेका छन् ।
निर्माणस्थलमा निर्मित टनेल थुनिएपछि ड्याम साइडबाट नदीको पानी फर्काइएको हो ।
तस्वीरहरुः गंगा विष्ट