
दिङ्ला- ईलाका प्रशासन कार्यालय दिङ्लाको भवन निर्माण हुने भएको छ । आज एक कार्यक्रमकाविच षडानन्द नगरपालिका-८ तुङ्गेछामा निर्माणहुने भवनको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले शिलान्यास गरेका छन् ।
२०८२ साल असार मसान्त भित्र सम्पन्न हुने गरि मार्सेलि निर्माण सेवाले भ्याट सहित ८ करोड ३१ लाखमा भवन ठेक्का पाएको छ । ईलाका प्रशासन कार्यालयको भवन निर्माण हुने स्थानमा मालपोत र नापी कार्यालयको भवनको समेत निर्माणको लागि समेत जग्गा उपलव्ध भएको छ । तीन ओटै कार्यालयको भवनहरु निर्माण गर्नको लागि आवश्यक १० रोपानी जग्गा जग्गा मेहरमान तामाङ, जितेन्द्र श्रेष्ठ र प्रेम वि.क.ले निःशुल्क उपलब्ध गराएका हुन् ।
हाज सञ्चालनमा रहेको कार्यालयबाट प्रदान हुने सेवाहरु नागरिकता, जनजाती सिफारिस जस्ता सेवाका साथै अब थप गर्नुपर्ने सेवाहरु राहादानी, परिचय–पत्र जस्ता सेवाहरु थप हुँदा भौतिक पुर्वाधारको समस्या हुने अवस्था रहेको ईलाका प्रशासन कार्यालय दिंलाले जनाएको छ । प्रशासनको आफ्नै भवन भनेपछि सेवा प्रदान गर्न सहज हुने कार्यालय प्रमुख विनोद अधिकारीले बताए ।
ईलाका प्रशासन कार्यालय दिंला साढे दुई दशक अघि स्थापना भएको हो । स्थापना कालदेखि हाल सम्म ईलाका प्रशासन कार्यालय दिंलाले षडानन्द नगरपालिका ४ दिङ्ला बजारको हाटडाँडामा अवस्थित मेहरमान तामांगको घरमा भाडामा रहेको कार्यालयवाट से्वा प्रदान गरिरहेको छ ।