
काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा अचम्मको घटना घटेको छ। हवाईजहाज दुर्घटना हुँदा जङ्गलमा खसेका बालकहरू ४० दिनपछि उद्धार टोली पुग्दा पनि जीवित भेटिएका छन् ।
अमेजन जङ्गलमा खसेको हवाइजहाबाट झरेका चार बालक जीवित भेटिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
कोलम्बियाको उक्त सफलतामा वामपन्थी राष्ट्रपति गुस्ताबो पेत्रोले खुशी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘यो सारा राष्ट्रको खुसी कुरा हो।’
एकै परिवारका चार दाजुभाइ गत मे १ मा एकल इन्जिन भएको हवाईजहाज सेस्नाबाट खसेका थिए । १३, ९, ४ र १ वर्षका बालकहरू जीवित भेटिए पनि उनीहरूका आमाबुबा र पाइलटको भने दुर्घटनामा ज्यान गएको थियो ।
कोलम्बियानी सेनाले दुई बच्चालाई रेनफरेस्टमा बाच्न सक्ने कला आएकोले उनीहरूको ज्यान जोगिएको बताएका छन् ।