षडानन्द नगरपालिका ७ का सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न वितरण

दिंला,२८ जेठ-भोजपुरको षडानन्द नगरपालिका ७ का सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न र आवश्यक सामाग्री वितरण गरिएको छ । आज एक कार्यक्रमकाविच अण्डा,घ्यु, वेवी सेट, मटर, तेल, आयोनुन र नुहाउने सावुन वितरण गरिएको हो ।

कार्यक्रममा वोल्दै षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले ७ नम्वर वडाले सुत्केरी पोषण कार्यक्रम राखेर केहि मात्रामा भएपनि आमा र शिशुलाई राहत भएको धारणा व्यक्त गरे । उनले यस्ता कार्यक्रमले आमा र शिशुको भविष्यमा सकारात्मक प्रभाव पार्ने भन्दै वडापरिवारलाई धन्यवाद दिए । यता वडाध्यक्ष दिपेश विष्टले कार्यक्रममा वोल्दै विविध कारणवस समयमा पोषण तथा आवश्यक सामाग्री वितरण गर्न नसकिएको वताए । उनले आउँदा दिनमापनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

वडाको १ लाख बजेटवाट यस बर्ष भरि सुत्केरी भएका ३४ जना महिलाहरुलाई वडाले पोषण तथा आवश्यक सामाग्री वितरण गरेको आधारभुत स्वास्थ्य सेवा केन्द्र केउरेनीपानीकी संयोजक सिर्जना राईले जानकारी दिईन् । कार्यक्रममा षडानन्द नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद भण्डारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानियवासी र सुत्केरी महिला तथा शिशुहरुको उपस्थिति रहेको थियो ।