साल्पासिलिछों गाउँपालिकाको गाउँ सभा सम्पन्न

भोजपुर– भोजपुरको सुदुर उत्तरी पालिका साल्पासिलिछो गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०/०८१ को लागि ३८ करोड बराबरको बजेट पारित पारित गर्दैै असार ९ गते शनिबारदेखि सुरु भएको दुई दिने गाउँसभा सम्पन्न भएको हो ।

गाउँसभाले ३८ करोड १३ लाख ९४ हजार ८ सय रुपैँया बराबरको बजेट पारित गरेको हो । गाउँसभाले संघिय सशर्त अनुदान र विषयगत बजेट गरि ३८ करोड १३ लाख ९४ हजार ८ सय बराबरको बजेट पारित गरेको छ । पालिकाले भौतिक पुर्वधार शाखामा ४ करोड ९६ लाख ९५ हजार, सामाजिक विकासमा ४ करोड १८ लाख ८५ हजार, आर्थिक विकाशमा १ करोड ३ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ८० लाख ५० हजार, कार्यालय सञ्चालन तथा प्रशासनमा ६ करोड ८३ लाख ८५ हजार ८ सय बजेट विनियोजन गरेको छ ।

सभा मार्फत चालु तर्फ २९.६४ र पुँजीगत तर्फ ६८.३६ प्रतिशत बजेट विनियोजन गरेको छ । पालिकालाई समानिकरण अनुदान संघिय सरकारबाट ७ करोड ४४ लाख, विशेष अनुदान संघबाटै ९७ लाख, राजश्व बाँडफाड अनुदान संघ १८ करोड ५० लाख, संघ समपुरक ७० लाख, प्रदेश समपुरक अनुदान १ करोड, समानिकरण अनुदान ४२ लाख ३१ हजार, प्रदेश राजश्व बाँडफाँडबाट प्राप्त २५ लाख, आन्तरिक आय १ करोड ७० लाख गरि आर्थिक बर्ष २०८०/८१ को लागि ३८ करोड १३ लाख ९४ हजार ८ सय बराबरको बजेट अनुमानित आय रहेको छ ।

गाउँपालिकाले विशेष गरेर कृषि क्षेत्रमा ध्यान दिएर निति तथा कार्यक्रमको निर्माण गरिएको बताईएको छ । कृषि सम्बन्धि नितिमा एक टोल एक उत्पादन र एक वडा एक विशेष उत्पादनको निति निर्माण गरेको छ । पालिकामा प्राप्त बजेटले धान्न सकने खालका निति तथा कार्यक्रमहरुको निर्माण भएको छ यो संगै सुत्केरी घरबेड निती तथा कार्यक्रको थालनी हुने भएको छ । गर्भवती भएका महिलाहरुलाई सुत्केरी हुनुभन्दा अगाडीनै स्वास्थ्य परामर्श तथा पोषणयुक्त सामग्री प्रदान गर्ने कार्यक्रमलाई अगाडी सारिएको गाउँपालिकाले जनाएको छ ।