भोजपुरमा दुम्सी मार्ने क्रममा बन्दुक पड्किएर एक युवकको मृत्यु

भोजपुर- भोजपुरमा भरुवा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ । बन्दुक पड्किएर साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुसन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई आज बिहान घर नजिकै रहेको मकैबारीमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मृतकराईको शवलाई षडानन्द नगरपालिका ४ स्थित मुलपानी स्वाथ्यकेन्द्र दिंलामा पोष्टमार्टम गरि परिवारलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ।