कान्तिपुर टिभिको लोकप्रिय कार्यक्रम ‘ह्वाट द फ्लप’ को प्रसारण रोकियो

काठमाडौं-कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको लोकप्रिय टिभि सो  ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण रोकिएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ ।

गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो ।