इटहरीमा मोटरसाइकल दुर्घटना: तीन जनाको मृत्यु

इटहरी- इटहरीमा गए राती मोटरसाइकल दुर्घटनामा हुँदा तीन जनाको ज्यान गएको छ । तीब्र गतिमा कुदाएको चार जना सवार मोटरसाइकल भारतीय पिकअपसँग ठोक्किएर दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ ।

शुक्रबार राति १०ः४० बजे इटहरी १७ कान्छी चौक राजमार्गमा दुर्घटना भएको हो । पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदैै गरेको डब्लु बी ७३ इ ९११७ को भारतीय पिकअप ठक्कर खाएका थिए ।

मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी छन् ।

 

दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

पिकअप चालक भारत दार्जीलिङका गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।