
काठमाडौं- ४५ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी भोजपुरको आयोजनामा खुल्ला रक्तदान तथा जिल्ला अस्पताल भोजपुरमा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । अस्पतालमा भर्ना भएका बिरामी फलफूल वितरण गरेको एमाले नगर कमिटी अध्यक्ष दीपेन दर्नालले बताए ।कार्यक्रममा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई, प्रदेश कमिटी सचिवालय सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य सहभागी थिए ।