भोजपुरका खेलाडीलाई भारतमा जारी तेक्वान्दो प्रतियोगितामा रजत र कास्य पदक

भारतको हैदराबाद मा जारी आठौं साउथ एसियन आई.टी.एफ.तेक्वान्दो प्रतियोगितामा नेपाल को प्रतिनिधित्व भोजपुरका खेलाडीले रजत र कास्य पदक जितेकाछन् । भोजपुरवाट देशको प्रतिनिधित्व गदैं सजिना तामाङ् र विर वहादुर तामाङ्ले पदक दिलाएका हुन् ।

भोजपुरकी सजिनाले ५५-६० केजी तौल समुह तर्फ स्पाईरिङ्मा रजत र प्याटर्न तर्फ कास्य पदक प्राप्त गरिन । यता विर वहादुर तामाङ्ले भने पुरुषतर्फको ७५-८० के.जी. तौल समूह तर्फ कास्य पदकमा चित्त बुझाउनुपर्यो ।

पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पुरुष तर्फ विर बहादुर तामाङ्ले स्वर्ण पदक प्राप्त गरेका थिए भने सजिना तामाङले रजत पदक प्राप्त गरेकी थिईन् । विर बहादुर तामाङ्ले सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत स्वर्ण पदक जितेका थिए ।