भोजपुरमा कृष्णजन्माष्टमी मेलामा खुकुरी हानाहान, २ जना घाईते

भोजपुर-भोजपु्रको टक्सारका खुकुरी प्रहार भएको छ । कृष्णजन्माष्टमी मेला भर्न गएका देउराली र टक्सारका युवाहरु विच हानाहान हुदा दुई जना घाईते भएका छन् ।

घाईते हुनेमा भोजपुर नगरपालिका ९ का वर्ष २६ को अमुल राई र सोहि ठाउँ बस्ने वर्ष २८ का अनिल राई रहेका छन् ।

झगडमा संलग्न रहेका ५ जनालाई प्रहरिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक विशाल लिम्बु ले जानकारी दिए ।

घाईते भएका दुई जनालाई खुकुरीको टुप्पोले पछाडी ढाडमा समान्य टोट लागेको बताईएको छ । घाईते भएकालाई जिल्ला अस्पताल भोजपुरका उपचारका लागि ल्याईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

देउराली र टक्सारका युवाहरुको पहिला सामाजिक संजालमा भनाभन भएको त्यसलाईनै लिएर झगडा भएको जनाईएको छ ।