ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीनजना पक्राउ

संखुवासभा ।  जिल्लाको पाँचखपनमा प्रहरीमाथि हातपात गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बानाबाट खटिएको प्रहरीमाथि हातपात र दुर्व्वहार गरेको आरोपमा ३ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–७ बिहीबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय वसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक धनश्याम श्रेष्ठले जानकारी दिए।

उनीहरुको हातपातबाट इलाका प्रहरी कार्यालय बानाका प्रहरी हवल्दार सन्तोश राई घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। घाइते हवल्दार राईको प्राथमिक स्वास्थ्य केन्द्र वानामा उपचार हुन नसकेपछि थप उपचारका लागि संखुवासभा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।