अरुण नदी (सतिघाट)मा फेरि पुन: सुचारु

दिङ्ला। भोजपुर षडानन्द नगरपालिका ६ र सङ्खुवासभाको खादबारी नगरपालिका ९ को सिमानामा पर्ने अरुण नदी (सतिघाट) मा फेरि पुन: सुचारु भएको छ। गत जेठ महिनाको मसान्तबाट बन्द भएको फेरि आज बाट पुन: सुचारु भएको हो।

अरुण नदीमा पानीको सतह कम संगै फेरि पुन: सुचारु भएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारीले‌ जानकारी दिए।

फेरि सुचारु भए संगै भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाहरुलाई कोशी प्रदेशको तराई क्षेत्रहरुसंग सिधा आवत जावतमा सहज भएको छ । साथै दसैंमा यात्रुहरुलाई सिधा यात्रा गर्न सहज हुने भएको छ।

अरुण नदिको बहाब पुरै नघटुन्जेलको लागि हलुका सवारी मात्र आवत जावत गरिने षडानन्द नगरपालिकाले जनाएको छ ।