
गत ८ गते पोखराको मणिपाल शिक्षण अस्पतालमा भएको तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङ रहेका छन् । उनीहरूलाई प्रहरीले पोखराको न्युरोडबाट शुक्रबार राति पक्राउ गरेक हो ।
उपचारको क्रममा गत ८ गते मणिपाल अस्पतालमा एक बिरामीको मृत्यु हुँदा उक्त विषयलाई लिएर अस्पतालका डाक्टरमाथि कुटपिट र अस्पतालमा तोडफोड भएको थियो । यसअघि पनि प्रहरीले मृतकका एक आफन्तलाई पक्राउ गरेको थियो ।