
भोजपुर । भोजपुरमा एम्बुलेन्स र बोलेरो ठोक्किएर सडक दुर्घट्ना हुँदा १ जना घाइते भएका छन्। अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको माझिटारमा एम्वुलेन्स र वोलेरो दुर्घटना हुदा एम्वुलेन्समा सवार पौवादुङमा गाउँपालिका ३ बस्ने वर्ष २५ को पदम खत्री घाईते भएका छन् ।
घाईते पदम खत्रीलाई भोजपुरबाट धरान जादै गरेको एम्वुलेन्समा धरान पठाईएको जनाईएको छ । घाईते खत्रीको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङका प्रहरी निरिक्षक प्रभु खत्रीले बताए ।
पौवादुङमा गाउँपालिकाबाट विरामी वोकेर धरान जादै गरेको को १ झ ६६३ नम्बरको उम्वुलेन्स र धरानबाट आउदै गरेको को १ ज ३१६२ नम्बरको वोलेरो ठोकीदा दुर्घटना भएको हो ।
उम्वुलेनसमा विरामी सहित ३ जना सवार थिए भने वोलेरोमा ७ जना सवार रहेको प्रहरी निरिक्षक खत्रीले ब