मिडियामा आएजस्तो म फरार भएको छैनः कार्की

काठमाडौं- नेपाली कांग्रेसका सांसद एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू मिडियामा आए जस्तो फरार नभएको बताएका छन् ।
टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको विषयमा सांसद कार्कीले आफू फरार रहेको विषयमा सत्यता नरहेको बताए ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस विषयमा अरु केही नबोल्ने तर स्वस्थ पत्रकारिता गर्न सुझाव दिएका थिए । सो प्रकरणमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको उजुरीमा अख्तियारले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।