भोजपरमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुने

भोजपुर- भोजपुरमा प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि भोजपुरले खुला बी डिभिजन ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

आगामी फागुन ७ गतेदेखि ९ सम्म भोजपुर सदरमुकाम स्थित कभर्ड हलमा जिल्ला कमिटिले खुल्ला बी डिभिजनको ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको युवा संघका केन्द्रिय सदस्य बिमल रणपहेलीले जानकारी दिए । पछिल्लो समय ब्याडमिन्टन खेलमा आर्कषण बढदै गएकाले युवा संघले युवाहरुलाई खेल तर्फ आकर्षण गर्नका लागि प्रतियोगिता आयोजना गरेको केन्द्रिय सदस्य रणपहेलीको भनाई छ ।

प्रतियोगिताअन्तर्गत प्रथम टिमले नगद २२ हजार दुई सय २२, दोश्रोले ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक युवा संघ भोजपुर जिल्ला कमिटीले जनाएको छ।