षडानन्द नगरपालिकामा फागुन २४ वाट दादुरा रुवेला खोप अभियान संचालन हुने

भोजपुरको षडानन्द नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दादुरा रुवेला खोप अभियान फागुन २४ वाट २८ गते सम्म संचालन हुने भएको छ । आज नगर खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण र छलफल कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले सो जानकारी दिएकाहुन ।

नगरका १४ वटै वडाका ७५ वटा खोप केन्द्रमा खोप कार्यक्रम संचालन गरिने छ । ९ महिना पुरा भई ५ बर्ष मुनिका बालबालिकालाई खोप लगाईने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । खोप निःशुल्क र प्रभावकारी रहेको पनि स्वास्थ्य शाखाले जनाएको छ । खोप कार्यक्रम साविकका खोप केन्द्रका साथै स्वयं सेविकाको सल्लाह वमोजिम तोकिने पनि वताईएको छ ।

कार्यक्रममा नगर प्रमुख सुरेन्द्र कुमार उदासले स्वास्थ्यकर्मीहरुले वडाध्यक्षहरु सँग सहकार्य गरेर प्रभावकारी ढंगले खोप कार्यक्रमलाई अगाडि वढाउन निर्देशन दिए । उनले कतिपय वडामा स्वास्थ्यका कार्यक्रम प्रभावकारी नभएको गुनासो आउने गरेको समेत वताए । उनले राज्यको ठूलो लगानी भएको खोप कार्यक्रमलाई कुनै कसर वाँँकी नराखी प्रभावकारी वनाउनु पर्नेमा जोड दिए ।