सुनिता थेगिम र परेश राई मझुवाबेसी आउदै

 

दिङला – महाशिवरात्री मेलाको अवसरमा भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा न १ मझुवाबेसीमा रहेको योगमाया खेलकुद बिकास समितिको आयोजनामा योगमाया स्मृति साङगितिक साझ २०८० को आयोजना गरिने भएको छ।

फागुन २५ गते मझुवाबेसीमा हुने साङगितिक कार्यक्रममा राष्ट्रिय गायिका सुनिता थेगिम लिम्बू र गायक परेश राईले आफ्नो पस्तुती राख्ने योगमाया खेलकुद बिकास समितिका अध्यक्ष भुपाल कठेतले जानकारी दिएका छन कार्यक्रममा स्थानीय राष्ट्रिय कलाकार सगसगै स्थानीय कलाकार अमिन सोताङ राई र भोजपुर गटट्यालेन्ट सेमिफाइनालिष्ट बिबिका बन लगायतका दर्जन बढि स्थानीय कलाकारलहरुले आफ्नो साङगितिकि प्रस्तुती हरु राख्ने कार्यक्रम रहेको क्लबका सचिब डिल्लिराम राईले बताएका छन ।