फ्रेन्च लिगमा सावित्रा भण्डारीको सनसनीपूर्ण गोल

काठमाडौँ- फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन)मा नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले सनसनीपूर्ण डेब्यु गोल गरेकी छन् । शनिवार भएको खेलमा उनले ईन्जुरी समयमा गोल गर्दै आफ्नो टीमलार्य जीताएकी हुन् ।

सावित्राले इए गुइगाम्पका लागि खेलिरहेकी छन् । सो क्रममा उनले लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास रचेकी हुन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी उनले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २–० को जित दिलाइन् । गुइगाम्पका लागि पहिलो गोल भने एन्टोनिए स्टारोभाले गरेकी थिइन् । स्टारोभाले ५२औं मिनेटमा गोल गरेकी थिइन् ।

सावित्राले युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी छन् । सावित्रा दक्षिण एसियाली महिला खेलाडीमा सवैभन्दा वढि गोल गर्ने खेलाडी हुन । उनको गोल संख्या ५४ रहेको छ ।