मादक पदार्थ सेवन गरि कुटपिट गर्दा श्रीमान्‌को मृत्यु

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ स्थित कानपुरमा एक महिलाले मादक सेवन गरे्र कुटपिट गर्दा श्रीमान्को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

शनिबार, बिहान साढे ९ बजेतिर नमोबुद्ध नगरपालिका वडा नम्बर–५ स्थित कानपुरका ५९ वर्षीय धनबिर दमाईलाई उनकी श्रीमती ४० वर्षीया कमला परियारले मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको खबर प्रहरीलाई जानकारी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले बताए ।

डीएसपी श्रेष्ठका अनुसार प्रहरीलाई जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी कानपुरको टोली घटनास्थलमा पुगेर हत्यामा संलग्न कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।