एमाले भोजपुरको अधिवेशन बैशाख ३ र ४ मा हुने

भोजपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको नवौ जिल्ला अधिवेशन आउदो बैसाख ३ र ४ गते भोजपुर नगरपालिकाको सभा हलमा आयोजना हुने भएको छ । जिल्ला अधिवेशन सम्पन्न गर्नको लागी मुल अधिवेशन आयोजक कमिटी जिल्ला कमिटीका अध्यक्ष क. शरण कुमार राईको अध्यक्षतामा जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीका सबै सदस्यहरु साथै ९ वटै स्थानीय तहका इन्चार्जहरु र भोजपुर नगर कमिटीका अध्यक्ष रहेको मुल अधिवेशन आयोजनक कमिटी गठन गरिएको एमाले भोजपुरले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

अधिवेशनका सम्पन्न गर्नकालागि राजनितिक तथा सांगठानिक प्रतिवेदन लेखन समिति जिल्ला अध्यक्ष शरण कुमार राईको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति रमादेवी राईको संयोजकत्मा प्रतिनिधि व्यवस्थापन समिति ध्यान बहादुर राउतको संयोजकत्वमा बनाइएको छ । खाना आवास समिति नविन प्रधानको संयोजकत्वमा, प्रचार विभाग एक्सन राईको संयोजकत्वमा ,आर्थिक संकलन समिति इन्द्र थापाको संयोजकत्वमा र स्वयमसेवक प्रमुख रेवति रमन थापाको संयोजकत्वमा सबै पालिका कमिटीबाट एक एक जना रहने गरि वनाईएको छ ।

नवौ जिल्ला अधिवेशनको नेतृत्व छनौट गर्नको लागि तिर्थ कुमार राईको संयोजकत्वमा उत्तम सिं राई, दावा तेन्जिङ शेर्पा, योगराज लुईटेल, भोला राई, खगेन्द्र राई, सम्झना प्रधान रहेको ७ सदस्यीय निर्वाचन समिति गठन गरिएकोछ । अधिवेशमा भोजपुर जिल्लाका ८१ वडा, १८ वटा जनसंगठन बाट करिब ६ सय जना प्रतिनिधि सहभागी हुने प्रचार विभाग प्रमुख एक्सन राईले जानकारी दिए ।