रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर

आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई बालयौन दुरुपयोगमा दोषी ठहर गरेको अदालत प्रशासनले जनाएको छ । बम्जनमाथि सजाय निर्धारणका लागि भने पछि पेसी तोकिने अदालतले जनाएको छ ।

बम्जनविरुद्ध बालयौन दुरुपयोगमा नाम थर परिवर्तित वर्ष १८ की को जाहेरी परेको थियो । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा रहेका छन् ।