Notice: Trying to get property 'slug' of non-object in /home/khabart/public_html/wp-content/themes/jagaran/functions.php on line 88
युडब्लुएस नेपालको प्राबिधिक सहयोगमा शिक्षक तालिम सम्पन्न — KhabarTweet::Nepali online news portal युडब्लुएस नेपालको प्राबिधिक सहयोगमा शिक्षक तालिम सम्पन्न — KhabarTweet

युडब्लुएस नेपालको प्राबिधिक सहयोगमा शिक्षक तालिम सम्पन्न

भोजपुर,-भोजपुर जिल्लाको षडानन्द नगरपालिका को आयोजना तथा युडब्लुएस नेपाल संखुवासभाको प्राविधिक सहयोगमा षडानन्द नगरपालिका भित्रका युडब्लुएस नेपाल सँग सहकार्य गरी शिक्षकहरुलाई आधारभूत गणित तथा भाषा सम्बन्धि तालीम  सम्पन्न भएको छ ।
षडानन्द नगरपालिका वडा नम्बर ७ स्थित नरेन्द्र स्मृति सभाहलमा असार १५ गते देखि १८ गते सम्म संचालन भएको तालिममा २६ वटा विद्यालयका २६ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

 

तालिममा नेपाली,अङ्ग्रेजी र गणित विषयलाई कसरी विद्यार्थी केन्द्रित, मनोरन्जनात्मक र  खेल बिधीहरुको प्रयोग गरेर शिक्षण सिकाई क्रियाकलापलाई थप प्रभावकारी बनाउने विभिन्न विधि र तरिकाहरुको बारेमा जानकारी गराईएको थियो |

सहभागी विध्यालयको तर्फबाट युडब्लुएस हेवा विद्यालयका प्रधानाध्यापक हरि बहादुर  चौहानले सहभागी शिक्षकको तर्फबाट बोल्दै यस्तो रचनात्मक तथा फलदायी तालिम प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेका छन ।

तालिमको समापन कार्यक्रममा षडानन्द नगरपालिकाको उपप्रमुख प्रमिला राईले आगामी दिनमा पनि युडब्लुएस नेपालसग थप तालिमको लागि सहकार्यलाई निरन्तरता दिने बताउनु भएको छ । साथै तालिम समापन कार्यक्रममा बोल्दै षडानन्द नगरपालिकाका प्रमुख प्रसासकिय अधृकित मोहन प्र चापागाईले आगामी दिनमा पनि यस्तै तालिमको निरन्तरताले सामुदायिक विद्यालयको घट्दो शैक्षिक स्तरलाई उकास्न साथै शिक्षकहरु कक्षाकोठामा उपयुक्त विधि सहित तयार भएर जाने वातावरण सिर्जना हुने र यसरी तालिममा सिकेका सिपलाई कक्षाकोठामा निरन्तर प्रयोगमा ल्याउन समेत शिक्षकहरुलाई अनुरोध गरेका छन ।


युडब्लुएस नेपालका तर्फ बाट शिक्षा विभागका आशिष अधिकारीले अब आउने दिनहरुमा यो तालिम पश्चात युडब्लुएसका शिक्षा अधिकृतहरु मार्फत संखुवासभा ,ताप्लेजुङका र भोजपुरका अन्य र युडब्लुएस नेपाल मातहतका सबै विद्यालय हरुमा यो तालिम संचालन गरिने जानकारी दिएका छन । अधिकारीका अनुसार यु।डब्लु।एस नेपालको कार्यक्रम संचालन भै रहेका जिल्लाहरुका स्थानीय तहहरु संग समन्वय गरि यस्ता तालिम हरुको निरन्तरता दिने जानकारी दिएका छन।
तालिमको सहजिकरण युडब्लुएस नेपालका शिक्षाविद रञ्जित महतोले गरेका थिए।
युडब्लुएस नेपाल बिगत आठ बर्ष देखि नै संखुवासभा, भोजपुर, ताप्लेजुङ ,गुल्मी तथा तनहुँका विभिन्न स्थानीय तहमा निरन्तर रुपमा ग्रामीण र सीमान्तकृत समुदायहरूमा बस्ने बालबालिकाको शिक्षा र शैक्षिक अवसरहरू सुधार गर्न प्रतिबद्ध हुँदै आइरहेको छ। संस्थाले गुणस्तरीय र समावेशी शिक्षाको पहुँचबाट ग्रामीण नेपालका १४,००० भन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित गरेको छ ।