भोजपुरको छायाङ्कन गरिएको ‘झम्के मायालु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायिका जानुका राई र निश्चल राईले स्वर दिएको ‘झम्के मायालु’ बोलको गीत सार्वजनिक भएको छ ।

पूर्वेली लोक गीतहरुको संगालो ‘झम्के मायालु’ बिहीबार कोटेश्वर स्थित सुम्निमा हल सुम्निमा कल्चर एकेडेमिद्धारा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सार्वजनिक गरे । कार्यक्रममा गीतको म्युजिक भिडियो पनि देखाएको थियो ।

‘झम्के मायालु’को शब्द र सङ्गीत दिवाकर राईको रहेको छ । त्यस्तै प्रायोजक बिरबहादुर राई , सङ्गीत एरेन्जर डम्बर लिम्बु, ड्रोन अपरेटर सन्देश मोटे, छायांकन युवराज राई र निर्देशन रोशन राईले गरेका हुन् ।

कपिल राईको निर्माण रहेको गीतको भिडियोमा सेशुका राई, निशा इम्बुङ, पवन चाम्लिङ राई, अन्वेश रार्इ थुलुङ र प्रविन रार्इले अभिनय गरेका छन् । गीतको भिडियो भोजपुरको रमणिय स्थल पान्धारे क्षेत्र तिर पुगेको छायाङ्कन गरिएको गरिएको छ ।

गायिका जानुका राईको एक वर्ष अगाडी मात्र किरात मिथकमा आधारित गीति एल्बम ‘थिबिया’ सार्वजनिक भएको थियो ।