दीक्षा लिम्बुको पहिलो म्युजिक भिडियो सार्वजनिक

काठमाडाै । नेपाली सांगेतिक क्षेत्रमा एक पछि अर्को गर्दै नयाँ नयाँ म्युजिक भिडियो बजारमा आउने क्रम जारी छ । नेपाली सांगेतिक क्षेत्रको आकार सानो भएतापनि विज्ञान र प्रविधि समयले यो क्षेत्र थोरै भएतापनि बृहत् बनाएको छ । सामाजिक सञ्जाल फेसबुक जस्ता अन्य थुप्रै सामाजिक सञ्जालले यो क्षेत्रलाई ठुलो सहयोग पुर्याएको छ ।

हालैमात्र नेपाली सांगेतिक क्षेत्रलाई माथि पुर्‍याउन अर्को एउटा ईटा थपिएको छ । कुरा हो नयाँ म्युजिक भिडियोको । पहिलोपटक अभिनय गरेकी दीक्षा लिम्बूले मेलिना राई र सि डि विजय अधिकारीको स्वरमा सजिएको ” तिमी मेरो म तिम्रो ” बोलको गितमा आफ्नो सुन्दर अभिनय प्रस्तुत गरेकी छिन् । यो गितलाई दिपा राई पुनले शब्द दिएकी हुन् । नेपाली गितमा निकै उत्कृष्ट संगित दिएर चर्चामा रहेको संगितकार डि आर अटुले यो गितमा आफ्नो संगित दिएका छन् ।

यो गितलाई साहस शाक्यले एरेन्ज गरेका हुन् भने भिडियोलाई क्यामेरामा कैद प्रेम कुमार जिमीले गरेका छन् । एल्बम ” प्रतिरुप ” मा समाबेश गरिएको यस गितलाई निरेम प्रोडक्सनले बजारमा ल्याएको हो ।
पूरा भिडियो हेरौ ।