सर्वाधिक चर्चित गायक राजेश पायल राईले भोजपुरमा धमाका मच्चाउने

भोजपुर । नेपाली गित संगित क्षेत्रमा मेगा स्टार तथा राई ईज किङ उपनामबाट चर्चा पाएका सर्वाधिक लोकप्रिय गायक राजेश पायल राईले भोजपुरको टुडिखेलमा यहि भाद्र ३१ शनिबारका दिन धमाका मच्चाउने भएका छन् । तेस्रोपटक भोजपुर आउदै गरेका राजेश पायल राई भोजपुरको प्यारो गायकको रुपमा पनि रहेका छन् ।

बडा दशै तथा शुभ-दिपावलीको अवसरमा डाईमण्ड नेपाल भोजपुरले आयोजना गरेको डाईमण्ड कन्सर्ट – २०७४ को लागि गायक राई भोजपुर आउने भएका हुन् । डाईमण्ड नेपालद्वारा सञ्चालित डाईमण्ड डान्स एण्ड ड्रामा क्रु भोजपुरको प्रशिक्षण भवन निर्माण सहयोगार्थ डाईमण्ड कन्सर्ट – २०७४ आयोजना गरिएको संस्थाका सचिव निमाराज तामाङले जानकारी दिनु भएको छ । भोजपुरको कुना कुना रहेको प्रतिभाहरुलाई संरक्षण गर्ने उदेश्यका साथ स्थापना भएको डाईमण्ड नेपालले भावी दिनमा भोजपुरे कलाकारहरुको लागि काम गर्ने तामाङले जानकारी दिनुभएको छ ।
गायक राजेश पायल राई भोजपुर आउने भनेपछि भोजपुरहरु खुशि भएका छन् । स्टेज कार्यक्रममा दमदार प्रस्तुति दिने राईको भोजपुर भरि नै चर्चा चलिरहेको छ । कार्यक्रममा गायक राईसगैँ चर्चित हास्यव्याङ्ग्य कलाकार विल्सन बिक्रम राई , प्रमोद खरेल , कमल खत्री लगायत १ दर्जन भन्दा बढि कलाकारहरुको प्रस्तुति रहनेछ । साथमा डाईमण्ड डान्स एण्ड ड्रामा क्रु भोजपुर बेजोड नृत्य प्रस्तुती रहने आयोजक समितिले जानकारी दिनुभएको छ ।