
काठमाडौं । करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर खड्काले अनुमति दिएको खुलेको छ । नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’ को उडाउँदै ठूलो रकम लिएर ६३ वटा ट्यांकरलाई अनुमति दिएका हुन् ।
इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गरेपछि खड्का पदमा रहँदा गरेका बदमासी एकपछि अर्को सार्वजनिक हुन थालेको छ । खड्काको बर्खास्तपछि निगमका कार्मचारीले उनका अनियमितता एकपछि अर्को सार्वजनिक गरेका हुन ।