बाबु बोगटीको अमेरिकामा तन नेपालमा मन

२०३८ सालमंसिर ९ गते भोजपुरको कोटडाँडा टक्सारमा जन्मेका कलाकार बाबु बोगटी निरन्तर सङ्गीत यात्रामै व्यस्त छन् । साधारण परिवारमा जन्मेका बोगटीका बुबा सैनिक सेवामा थिए भने आमा गृहिणी । उनलाई सानैदेखि गाउन मन लाग्ने हुनाले हरेक स्कुल स्टेजमा आफ्नो स्वर चिनाउँदै आए । जसले उनलाई वाहवाही बनायो । सबलै बाबुको गीत र स्वरलाई प्रशंसा गर्न थाले ।

सबैको उत्साह र प्रशंसाले बोगटी सांगितिक क्षेत्रमा आएको बताउँछन् । प्रेमबिवाह गरेका बोगटीका श्रीमती र एक छोरा छन् । बसाई अमेरिका भए पनि नेपाली गीत सङ्गीत क्षेत्रलाई माया गरेरै अमेरिकामा बस्ने गरेको बताउँछन् । आफुलाई कलाकारिता क्षेत्रले उर्जाशिल बनाएकाले सन्तुष्ट भएर बाँच्न सकेको उनको ठम्याई छ । पाँचवटा गीती एल्बम, १५ वटा चलचित्र , सडक नाटक र टेलिचलचित्रमा काम गरिसकेका कलाकार बाबु बोगटीसँग गरिएको कुराकानीः

तपाई कलाकारिता क्षेत्रमा प्रवेश हुनुको कारण के ?
म सानैदेखि गीतगाउने गर्थे, स्कुले जिवन छँदा स्कुल स्तरका हरेक कार्यक्रम, जिल्ला व्यापी कार्यक्रम र स्टेजका कार्यक्रममा भागलिँदै गए, मेरो प्रतिभा सबैले मन पराए । धेरै पुरस्कार पाएँ, प्रत्येक कार्यक्रम जसमा म सहभागीहुन्थे । पहिलो वा दोस्रो भएरै छोड्थेँ । जसले गर्दा म उत्साहित हुँदै यो क्षेत्रमा आएँ ।

घरबाट बढी आमा बुबा मध्ये कसले बढी सहयोग गर्नुहुन्थ्यो ?

घरमा बढी आमाले नै सपोर्ट गर्नुहुन्थ्यो, बुबाको लगानी, आमाको माया । वुबा त पढेर सरकारी जागिर गर भन्ने पक्षमा थिए तर मेरो लगाव सङ्गीत नकार्न सक्नु भएन ।

सानैदेखि कलाकार नै बन्ने सोच कसरी आयो ?
यही स्थानमा आउँछु भन्ने त थिएन तथापी म गीत गाउने हुनाले यो क्षेत्र छोड्नु हुन्न भन्ने लाग्थ्यो ।

पढाईको कुरा गर्दा कतिसम्मको अध्ययन गाउँमा सक्काउनुभयो र काठमाडौंमा कतिसम्म पढ्नुभयो ?
उतिखेर एसएलसी भनिन्थ्यो, एसएलसी उतै भ्याँए अनि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेको थिएँ ।

काठमाडौंमा खास गरि पढ्न भनेर आउनु भएको कि ,कलाकारिता गर्न भनेर ?
म काठमाडौं दुवै उदेश्य बोकेर आएको थिएँ । काठमाडौंमा छिर्ना साथ मैले मेरा आफन्तमार्फत पुतलीसडकमा रहेको परिवर्तन नेपाल भन्ने संस्थामा गीत गाउन, एक्टिङ र डान्स सिक्न थाले र पढाई पनि सँगसँगै अगाँल्दै आएको थिएँ ।

काठमाडौं छिरेपछि सुरुमा व्यवस्थान गर्न कत्तिको असहज भयो ?
किननहुनु कहाँ बस्ने कहाँ खाने, सुरुमा निकै भौतारिनु पर्यो ।

काठमाडौं आईसके पछि निस्केको तपाईँको पहिलो गीत कुन हो ?

मैले पहिलोचोटी राष्ट्रिय गीत निकालेको हुँ, त्यो गीतको नाम सिरमाथि सगरमाथा रहेको थियो । तर त्यो गीत निकालेर सार्वजनिक गरिनँ, साथिभाईलाई सुनाएर प्रतिक्रिया माग्थेँ ।

त्यो वेला पढाई र कलाकारिता सँगसँगै दगुराउँदा असहज भएन ?
किननहुनु भयो निरु म एकातिर सङ्गीतको मान्छे भर्ना भएछु ,ललितपुरको पाटन क्याम्पसमा कमर्स, यी क्षेत्र हेर्दा छेउटुप्पो मिल्दैन । ११ कक्षापास गरेछु १२ मा भर्ना नै गरिनँ । फेरी मानविकी संकायमा भर्ना भएर पढ्न सुरु गरेँ । धेरै गाह्रो भो ।

तपाई कलाकारिता भित्रका प्रायः सबै विधामा टच हुनुहुन्छ, मनपर्ने विधा कुन हो ?

खास म पप गायक हुँ । मैले अभिनय गरेकाफिल्म, स्वर दिएकागीत जे सुकैमाभएपनि मेरो आफ्नो लगावहुनाले म सबै मन पराउँछु ।

तपाईलाई क्यासेटदेखि युट्युबसम्म राम्रो अनुभव छ, त्यो क्यासेट र यो युट्युबयी सार्वजनिक हुने माध्यमलाई कसरी हेर्नुभएको छ ?

त्यति बेला क्यासेट चल्थे क्यासेट बेचे बापत केहीखर्च आउँथ्यो, कलाकारको गीत सुनिन्थ्यो, कलाकार कस्तो होला भन्ने एक किसिमको प्रश्न सबै श्रोताको मनमा उब्जिन्थ्यो । त्यसैले कलाकारको भार पनिहुन्थ्यो । अहिले समय फेरिएको छ , ठाउँको ठाउँ व्यक्ति पिच्छे युट्युब लाईभ हुन्छ ।

तपाईलाई यो क्षेत्रमा टिकिरहनगाह्रो कि सजिलो ?

म पुरानै कलाकार हुँ र सबै क्षेत्रमा पनि काम गर्छु त्यसैले मलाई सजिलो नै छ । म जुन क्षेत्रमा छु धेरै सन्तुष्ट छु । परिवार पालेकै छु । यो भन्दा बढी के चाहियो र ।

परिवारबाट के प्रतिक्रिया पाउनुहुन्छ ?

परिवारकै सर्पोटले यो क्षेत्रलाई निरन्तरता दिईरहेको छु । सबैले साथदिएका छन् । मलाई कुनै अवरोध छैन ।

यहिँनेर, परिवारिक कुरा आईहाल्यो, तपाईको विवाह प्रेम कि मागी ?

हाहा मेरो पहिला मागि त्यसपछि मागी, हाम्रो सामाजिक सञ्जालबाट मायाप्रेम बसेको थियो, त्यसपछि चित्त बुझेपछि घरमा कुरा चलाएर विवाह गरेको हो ।

सामाजिक सञ्जालमाविश्वास कसरी बढ्यो ?
खास कुरा यस्तो थियो, उनले मलाई पहिलेदेखि नै चिनेकी रहिछिन् ,मेरो हरेक गीत सङ्गीत पनि उनलाई मनपर्दो रहेछ । मैले प्रत्यक्ष रुपमा भेटेर नबोलेको मात्र हो । उनी मेरो साथिकै बहिनी पनि हुनाले विश्वास किन नलाग्नु, मैले देख्न त देखेको तर याद नगरेर मात्र हो । फेशबुकमा कुरा गर्दा गर्दा पछि मलाई थाहाभयो । अन्ततः विवाह बन्धनमा बाँधियौं ।

अहिले तपाईका गीत सङ्गीत वा चलचित्र बजारमा नआएका हुन् या हिट नभएका हुन ?
तपाईलाई थाहानहुन सक्छ, बजारमा मेरो आइरहेकै छन् । सबै गीत हिट हुन्छन्, भन्ने के छ, म वेला वेलामा केही न केहीबजारमा सार्वजनिक गरिरहेकै हुन्छु ।

हिजोआज के गरिरहनु भएको छ ?
केहि गीत र चलचित्रमा लागिरहेको छु ।

तपाईले स्वर दिनुभएको गीत या चलचित्र कुनहुन, आमश्रोताको जानकारीका लागी ?

म अहिले नै सार्वजनिक गर्ने पक्षमा छैन । जब सक्काउँछु, सबैलाई सप्राईज स्वरुप सार्वजनिक गर्नेछु ।

तपाईले स्वर दिएकागीतमध्ये सबैभन्दा बढी “सान्नानी तिमिलाई हिर्काउँला लौरीले ठ्याक्क ठ्याक्क ठ्याक्क” मात्रै बढि चर्चामाआयो अरु किन आएनन् ?
सबै गीत आउनैपर्छ भन्ने के छ । सबै गीतका आ–आफ्नै सन्देश वा भाव हुन्छन् । त्यो गीतविशेष गरी युवा लक्षित वा हाम्रो वर्तमान समाजसँग मेल खायो त्यसैले हिट भयो । अर्को कुरा अहिले यति धेरै गायकगायिका छन् । कम्पिटिशन हुन्छ, जो श्रोताले रुचाएत्यही अगाडी जाने न हो । यसको मतलव म अरु गायकगायिका भन्दा कमजोर रुपमा प्रस्तुत भएँभन्ने होईन की गाउँ,ठाउँ र परिवेश अनुसार गीतले चर्चा पाउँछ ।

तपाईँलाई पछिल्ला कलाकारले फ्लोप गरेजस्तो लाग्छ कि लाग्दैन ?
मलाई त लाग्दैन १ किनभने म मेरै स्थानमा छु । आफ्नै तरिकाले बाँचिरहेकै छु । खासमा अहिले मैले धेरै गीतमै मात्र ध्यान दिईरहेको छैन ।

अहिले तपाइलार्ई गीत गाउन र अभिनयगर्न भनेरकत्तिको अफर आउँछ ?
अफर त कति आउँछ आउँछ १ तर मैले धेरै अस्विकार गर्छु । गर्ने नगर्ने मेरो मुड हो । कहिले समय नै मिल्दैन ।

अवको योजना के छ तपाईको ?
अवको योजना पनि यही क्षेत्रमा लागिरहनेछु । श्रोता दर्शकले जसरी मलाई माया गर्नुभएको छ ,त्यसको ऋणी छु । वेला वेलामा गीत सङ्गीत लिएर आउने छु ।

परिवार भेट्ने मेसो कसरी मिलाउनुभएको छ ?
मेरो रुटिङ भनेको एक महिना नेपाल ६ महिना अमेरिकाहो । अव सबै काम सकाएर पुसको अन्ततिर अमेरिका जान्छु ।