आजको तपाईंको राशिफल / वि.सं. २०७४ साल माघ ७ आईतबार


भोजपुर ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । नजिकैको व्यक्तिबाट कार्य पूरा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापारमा लाभको योग रहेको छ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम सम्वन्ध कसिलो हुनेछ । लाभदायक यात्रा रहनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले विभिन्न अवसर जुराउनेछ । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सौन्दर्यतामा धन खर्च हुनेछ । कार्य सम्पादनमा समस्या आउला । घर परिवारको समस्याले सताउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रमको उचित मुल्याकंन हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सेयर कारोबारबाट फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ साथै रोकिएको धन हात पर्नेेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
महत्वपूर्ण काममा बाधा आउनेछ । व्यर्थको यात्रामा जान बाध्य भइएला । बैदेशिक क्षेत्र कमजोर रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
न्यायिक कार्यमा सफलता मिल्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।