आजको तपाईंको राशिफल / वि.सं. २०७४ साल माघ १० बुधबार


भोजपुर ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शुभकार्यको चर्चा चल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विद्या र बुद्धिके विकास हुनेछ । पार्टनरमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । व्यर्थको सास्ति खेप्नु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रोकिएको कार्य दोहोर्याएर गर्दा फाइदा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । शत्रु पराजित हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । बैदेशिक कार्य अघि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनमा सहभागीता भइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । तिर्थाटनको योगछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ । कार्यमा अवरोध आउला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । घरमा अतिथीको आगमन हुनेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । धार्मिक यात्राको योगछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।