आजको तपाईंको राशिफल / वि.सं. २०७४ साल फाल्गुन ८ गते मंगलबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आकस्मिक धन लाभ हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा नष्ट हुने योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
राजनैतिक कार्यमा बाधा आउनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । कारोवारमा मन्दी आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जागिरको अवसर मिलनेछ ।महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । शुभ समाचार सुन्न पाइएला । भूमि लाभ रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साहित्य तथा संगीतमा रुचि बढ्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।