बास्तबमा नेपालका सम्पुर्ण आदिवासि भूमिपुत्रहरु किराती हुन् -जुनकिरी

लक्ष्मीकला राई ‘जुनकिरी’

नेपालको ईतिहास लेख्ने बिद्वानहरु धेरै छन्। तर सत्य ईतिहास के हो? भन्ने विषयमा प्राय: मानिसहरु अनबिज्ञ छन्, साथै यस विषयमा खोज गर्न चासो सम्म पनि राख्दैनन्।
नेपालको ईतिहासमा यो कुरा लेखिएको छ कि: नेपालको प्राचीन तथा ऐतिहासिक र राजनैतिक सुरुवात हेर्दा किरातकाल बाट सुरु भएको हो भन्ने कुरा इतिहासले नै प्रमाणित गरेको छ। हुन त किरात काल भन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरुको राज्य थियो भन्ने अपुष्ट इतिहासहरु पनि पाईन्छ। तर प्रमाणित रुपमा भने सर्बप्रथम किरातहरु नै थिए, भन्ने कुरा उल्लेख छ।´

बास्तबमा माथी उल्लेखित कुराहरु अबस्य पनि सत्य हो। तर यति भनेर वा लेखिएर मात्र किरातकालको ईतिहास पूरा हुदैन। हो, बास्तबमा नेपालका प्रत्येक भुमीस्थलहरु नै किरातीका खुन, पसिनाले सिर्जित छन्। श्रीकृष्णलाई गोपाला पनि भनिन्छ। उनैद्वारा पठाईएको मानिसलाई नै गोपालबंशी या जाती भनिएको हो। उनिहरु नेपालमा आए र शासन गर्न थाले।

उनिहरुले लगभग ८ पुस्ता सम्म शासन गरे। लगत्तै महिषपाल आए त्यसपश्चात मात्र किरातीहरुले बत्तीस (३२) पुस्ता अर्थात् लगभग पच्चीस सय (२५००) बर्ष शासन गरेको पाईन्छ। तर बास्तबमा नेपालमा गोपालबंशिहरु भन्दा अगाडि पनि किरातीहरु थिए। किरात पुरुष र गोपालबंशि (यादब) महिला बाट जन्म भएको जाती नेवार हुन् भन्ने कुरा पनि ईतिहासबाट पत्ता लगाउन सकिन्छ। त्यसैले नै न गोरो, न कालो बर्णका हुन्छन् नेवार जातीहरु। त्यसकारण उनिहरुलाई पनि किरातका सन्तान भनी नामाकरण गरिएको छ। (ठोस तथ्य प्रमाण छैन। कारण: षड्यन्त्रपुर्बक इतिहास नामेट गरिएको।)

नेपालमा किरातहरुको प्रथम ईतिहास काठमाडौं भुगोलबाट सुरुवात भएको पाईएको छ। प्रथम किरात राजा एलम्बरले काठमाडौंको थानकोट भन्ने स्थानमा आफ्नो राज्यको राजधानी बनाएका थिए। त्यहाँ बाट सुरुवात भएको किरातकालको ईतिहास हाल बुझ्न र बुझाउन मुस्किल परिरहेको अबस्थामा छ। त्यस्तै पुर्बी पहाड खम्बुवान, लिम्बुवान लगायत थुप्रै जातिय राज्य त कालान्तरमा अर्थात् निक्कै समय पश्चात् निस्किएका हुन्। जुन समय काठमाडौंमा अन्य जाति आई शासन गर्न थाले।
किरातीहरुको ईतिहास पृथ्वीभरी वा बिश्वभरी नै छरिएर रहेको भेेटिन्छ। नेपालका भुमिपुत्र आदिबासी समुदायहरु सबै किरातीहरु हुन्, या किरात पुर्खाका सन्तान हुन्! भन्ने कुरा कुनै-कुनै ईतिहासकारले उल्लेख गर्न खोजेका छन्। यहाँ एउटा आश्चर्यजनक यथार्थ के छ भने, २५ सय बर्ष शासन गरेको नेपालको किरात ईतिहासका सम्पुर्ण टिप्पणि वा शिलालेखहरु कसरी हराए ?

किरात राई यायोक्खाको अनुसार एलेदोङ ५०७८ साल अगाडि देखिको किरात ईतिहासको एउटा पनि नाम निशान या भग्नाबशेष कता लापता भए? र यी यस्ता जिज्ञासामा किन किरात समुदायका ईतिहासबिद् र युबाहरु चकमन्न छन्? किन कसैले खोजी गर्न चाहदैनन् या चाहेर पनि सफल हुन सक्दैनन्? मस्तिष्कमा यस्ता विषयको अनौठो प्रश्नवाचक चिन्ह खडा हुन्छन्।

षड्यन्त्रपुर्वक बिलय पारिएको सत्य ईतिहास कहिले र कसले स-प्रमाण देखाउछन् होला भन्ने शंका गाडिन थालेको छ। किरातीहरुलाई हराउनु साह्रै सजिलो उपाय अपनाउदै आईरहेको एक-दुई बुँदा चाहिँ यस्तो छ: किरातीहरुकै एकता नहुनु, मपाईत्वको घमण्ड, एक-अर्कामा खिचातानी, आफ्नोलाई भन्दा अरुलाई गरिने बिस्वास अर्थात् वैरिको मिठो बोलिको षड्यन्त्र या जालमा पर्नु लगायत आदि इत्यादी कमजोरिमाथी प्रहार गर्नु हो, भन्ने कुरा पुष्टि भएको देखिन्छ। साँच्चै भन्ने हो भने यो प्रबृत्ति हालसम्म यथावत् रहिआएको छ।

वास्तविक किरात संस्कार, वास्तविक किराती भेषभुषा र क्रियाकलापका बारेमा अझैपनी हालका किरातहरुलाई राम्रो संग थाहा छैन। हिन्दु इतिहासबिदले उल्लेख गरे अनुसार, “किरातीहरु जंगली हुन्! धनुषको भरमा घुमन्ते फिरन्ते गरि जिबनयापन गर्ने, सुंगुर खाने असभ्य मानिसहरुको झुंड हुन्।” तर बास्तबमा भारतिय लेखक सर्जक बाल्मिकिले आफ्नो पुस्तकमा के लेखेका थिए भने, “किरातीहरु यस्तो मानिसहरु हुन्, जसले आफ्नो घरवरिपरी रुखबिरुवा रोपेर हरियालीपुर्ण बाताबरणमा बस्न रुचाउँछन्। धनुषवाण चलाउन सबैभन्दा माहिर, बहादुर पुरुष नै किरातीहरु हुन्।

एकजनाले भनेको कुरा, अर्कोले त्यहि कुरा भन्दा बोलिचाली र सब्दमा अन्तर आउँछ, फेरि उहीँ कुरा अर्को-अर्कोले भन्दै जाँदा अघिल्लो असली भाव पनि हराईसकेको हुन्छ! ऐले ठ्याक्कै किरातको ईतिहास पनि उस्तै भएको छ, किनभने हाम्रो किरात पुर्खा त कैयौं हजार बर्ष अगाडिका हुन्। पुस्ता-पुस्ता गर्दै हाम्रो पुर्खाको वास्तबिकता ऐले गुमेका छन्। त्यसैको उपज हाल किराती को नाम मा ढोंगिपन र समाज बिथोल्नेहरुको जमात पनि भेटिन्छन्।

उनिहरु प्रकृति बिचरण गर्न मन पराउछन् अर्थात् संसार भ्रमणमा रुचि राख्छन्।” आदि। तर हिन्दु धर्मको बेदमा किरातीहरुलाई राक्षसि प्रबृत्तिको उल्लेख गरिएको छ। हिन्दुभाषिहरुद्वारा यसै कुरामा अथवा आफ्नो अनुकुल लेखिएकोले नै किरात ईतिहासमाथि कुठाराघात भएको अनुमान लगाउन सकिन्छ। र यसै बर्णनलाई हामी सत्य ईतिहास मानेर सुन्दै, हेर्दै आईरहेका छौं। यस्ता थुप्रै कुराहरु छन् जसबाट हामी किरात पुर्खाको वास्तविक इतिहास सम्म पुग्न सकिरहेका छैंनौं। किराती क्रियाकलाप, खानपान, लवाईखुवाईको बारेमा अझै अश्पष्ट छौं! अन्जान छौं। अरुले लेखिदिएका बुँदाहरुको भरमा हामी हो मा हो थपेर आएका छौं। हालसम्म…….! (हाल सम्म हामिले सुन्दै आएका ईतिहास अनुसार लेख लेखिएको हो/छ।

बास्तबमै (हाम्रो) किरात पुर्खा पबित्र र विशाल हृदयका थिए, सृजनशिल थिए। एकजनाले भनेको कुरा, अर्कोले त्यहि कुरा भन्दा बोलिचाली र सब्दमा अन्तर आउँछ, फेरि उहीँ कुरा अर्को-अर्कोले भन्दै जाँदा अघिल्लो असली भाव पनि हराईसकेको हुन्छ! ऐले ठ्याक्कै किरातको ईतिहास पनि उस्तै भएको छ, किनभने हाम्रो किरात पुर्खा त कैयौं हजार बर्ष अगाडिका हुन्। पुस्ता-पुस्ता गर्दै हाम्रो पुर्खाको वास्तबिकता ऐले गुमेका छन्। त्यसैको उपज हाल किराती को नाम मा ढोंगिपन र समाज बिथोल्नेहरुको जमात पनि भेटिन्छन्।

यथार्थमा किरातीहरु यस्ता थिएनन् भन्ने हाम्रो मुल्यांकन हो। (त्यही छोडेर आईएको वास्तविक पुर्खाको ईतिहास, मौलिक संस्कार जान्नु छ! मलाई) बर्तमान स्थितिमा हामिले गर्दैगरेका संस्कार, प्रचलन के हाम्रो पुर्खाले गरेकै कुरा हुन् त? यी प्रश्न आजको पुस्ताले नियाल्नुपर्ने अबस्थामा छ। बास्तबिकता र मौलिकता हाम्रो गुमिसकेको छ। साँच्चै मौलिकताको कुरा खोज्ने हो भने अध्ययन र भग्नाबशेष भ्रमण गर्न जरुरी छ। हामीले वा किरातीले आफ्नो वास्तविक ईतिहास गुमाउनुमा पुरानो शिलालेख नभेटिनु, किरात लिपिको संरक्षण र संबर्धन नहुनु हो। त्यस्तै हाम्रो घमण्डिपन र एकता नहुँदा पनि यी कुराले जिम्मेवारि लिन्छ। उसो त हाम्रो ईतिहास जलाईएको हो भन्ने तर्कहरु पनि यथावत जिवित छन्।

म सत्य, वास्तविक, तथ्य र प्रमाणसहितको बिश्वमय किरात ईतिहासको खोजिमा छु। आउनुहोस् संगै मिलि पुर्खा खोजौं! मौलिकता खोजौं!!