नेपाल रेडक्रस सोसाईटी मुलपानी उपशाखाको सभापतिमा तामाङ् निर्वाचित

दिंला- नेपाल रेडक्रस सोसाईटी मुलपानी उपशाखाको सभापतिमा गोपाल तामाङ् निर्वाचित भएकाछन् । तामाङ्ले निकट्तम प्रतिद्वन्दी मधुसुदन भट्टराईलाई २५ का विरुद्ध ४४ मतान्तरले पराजित गरेका हुन् ।

मुलपानी उपशाखाको महिला उपासभापतिमा सीतादेवी बस्नेत, सचिवमा डुण्डी श्रेष्ठ, सह सचिवमा यादव आचार्य, कोषाध्यक्षमा तोयानाथ गौतम, उपकोषाध्यक्ष डम्वर बहादुर दाहाल निर्विरोध निर्वाचित भएका छन् । एक महिला सदस्य सहित ५ सदस्य पहिलो बैठकवाट चयन गरिने वताईएको छ । २१ गते बोलाईएको विशेष साधारण सभामा गणपुरक संख्या नपुगेपछि आजको लागि मिति तय गरिएको थियो । तामाङ् र भट्टराईका विचमा सभापतिको पदमा सहमति नभएपछि चुनाव प्रक्रियावाट नेतृत्व चयन गरिएको हो ।

नव निर्वाचित तामाङ्ले रेडक्रसको मुल्यमान्यता अनुसार गरिव,दुखी र आपत विपतमा परेकालाई सेवा पुर्याउने प्रतिवद्धता जनाए ।