नेपाली पब्जी टिम एसियाडको सेमिफाइनलमा

काठमाडौं। चीनको होङजाउमा जारी १९ औँ एसियाली खेलकुद एसियाडअन्तर्गत ई-स्पोर्टसमा नेपालको पब्जी टोली सेमिफाइनलमा पुगेको छ।

एलिमिनेसन राउन्डमा आफ्नो समूहको दोस्रो स्थानमा रहँदै नेपाली टोली सेमिफाइनल पुगेको हो। सेमिफाइनलमा ८ टोली रहने छन् जसमा ४र४ टोलीको दुईवटा समूह हुने छ।

समूहका शीर्ष दुई टोली फाइनल पुग्नेछन्। फाइनलमा चारवटा टोलीबीच प्रतिस्पर्धा हुने छ। नेपालका सुबिनकुमार प्रजापती, दिपेश गुरुङ, साहस भन्डारी र समिर गुरुङको टोलीले समूहमा रहेका प्यालेस्टाइन र साउदी अरबलाई पछाडि पार्‍यो । हङकङ समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ।

दक्षिण कोरिया, थाइल्यान्ड, चीन, चाइनिज ताईपेई, जापान र इन्डोनेसिया पनि सेमिफाइनल पुगेका छन्।