लम्सुवा पुल नबन्दा जनतालाई जति पिडा छ, त्यो भन्दा बढी मलाई छः सांसद किराँती

भोजपुरका संंघिय सांसद सुधन किराँती बेला बेलामा मिडियामा चर्चामा भईरहने नाम हो । कहिले जनता सँगको प्रगाढ सम्वन्धका कारण त कहिले संसदमा गरेको सम्वोधनका कारण पनि चर्चामा आईरहन्छन् । भोजपुरबाट दोस्रो पटक चुनाव जितेपछि जनताको प्रश्न सांसदको उत्तर कार्यक्रम लिएर जिल्लाका दुर दराज सम्म जनतालाई उत्तर दिँदै जनताको मन जित्न सफल भएर जनता सँग प्रगाढ सम्वन्ध स्थापित गर्न सफल भए भने, जिल्लामा बजेट कम परेको भन्दै सभामुख मार्फत नै रेड बुक फिर्ता गर्दै सँसदहरुको ध्यान तानेर पनि उनि चर्चित भए । भारतीय फिल्मी अवार्ड कार्यक्रम राष्ट्रघाती भएको भन्दै त्यसको विरोध गरि त्यसलाई नेपालमा असफल बनाउन पनि उनको अहम् भुमिका रह्यो । उनै भोजपुरका सांसद तथा भोजपुर नेकपाका ईञ्चार्ज सुधन किराँती दशैंको पुर्व सन्ध्यामा दिंला आईपुग्दा उनि सँग सहकर्मी मोहन तामाङ्गले कुराकानी गरेका छन् ।
प्रस्तुत छः सोहि कुराकानी जस्ताको तस्तै ।

नमस्कार म मोहन तामाङ र दिंला खबर साप्ताहिक टिमको तर्फबाट नेपालीहरुको महान चाड तथा दिपावलीको यहाँलाई हार्दिक मगंलमय शुभकामना
धन्यवाद दिंला खबर साप्ताहिक परिवार
आराम हुनुहुन्छ हुनहुन्छ?
हजुर अहिले आराम नै छु ।
केमा व्यस्त हुनुन्छ?
अधिवेशन स्थगित भएपछि जिल्लाको इन्चार्जको जिम्मेवारी पनि सम्हालेपछि क्षेत्रविकास प्रद्धारबाट निर्माण भईरहेको संरचनाहरको उद्घाटन आउँदै गरेको दशैं तिहार शुभकामना आदन प्रदान कार्यक्रममा पर्वको अवसरमा आयोजना भएको कार्यक्रम उद्घाटन अनि समापन गर्ने मतादाताहरु भेट्ने कार्यमा व्यस्त छु ।
केन्द्र सरकार अनि जिल्लासंगको समन्वर्य अनि यहाँका कार्य तथा गतिविधि साथै केन्द्रका योजनाहरुलाई जिल्लामा भित्रयाउने कार्य कस्तो भईरहेको छ?
आफ्नो तर्फवाट गर्नू पर्ने र भोजपुर र केन्द्रलाई जोड्ने पुलको काम राम्रै गरिरहेको छु जस्तो लाग्छ । यो कुराको मुल्यांकन नागरिकहरुले गर्ने हो तर आफ्नो कर्तव्यलाई आफुले पुरा गररहेको छु ।

जिल्लाको विकासको लागि केन्द्र देखि बजेट भित्र्याउनलाई यो बर्ष कसरी लाग्नु भयो?
संविधानतः व्यावस्था भएअनुसार नेपालमा तिन वटा सरकारहरु छन् केन्द्रिय सरकार अन्तरगतको बजेट राष्ट्रिय गौरबको योजनाहरु मात्रै हुन्छ । राष्ट्रिय गौरबका आयोजना भनेको एउटा प्रदेश देखि अर्को प्रदेश सँग जोडिएको हुन्छ र जिल्लामा आउने योजनाहरु प्रदेश सरकार सँगनै छ । गाँउनगर वा स्थानीय क्षेत्रको लागी स्थानिय सरकारसँग पनि योजनाहरु हुन्छन् । निरन्तरताको पुर्वधारहरुलाई सम्पन्न गरेर स्थानीय सरकारलाई हस्तान्तरण गर्ने र उदेश्य सहित हिजोको नियमित कार्यक्रमहरु भईरहेको छ । त्यो भन्दा नयाँ योजनाहरु कुनै पनि जिल्लामा संविधानत वा कानुनतः नजानु पर्ने हो तर यो सिमालाई पनि मिचेर योजना गईरहेको छ त्यस विरुद्धमा मैले संसद बैठकमा र पार्टीमा पनि कुरा उठाईरहेको छु ।
गत बर्षको केन्द्रिय सरकार देखि आएको योजनाहरु कति प्रतिशत सम्पन्न भयो? र सम्पन्न नभएको कामहरु के कारणले भएन ?
मैले गर्ने र पहल गर्ने ठाँउमा पहल गरेकै हो केहि कार्यहरुत राम्रै तरिकाले सम्पन्न भयो । केही महत्वपुर्ण कार्यहरु यहाँको सरकारको तारतम्य नमिल्दा सम्पन्न भएन के भयो ? के भएन भनेर स्थानीय तहलाई सोध्नु पर्छ ।

सतिघाटमा फेरी निर्माणको लागि बजेट विनियोजन गर्नु भएको थियो तर त्यो के कारणले निर्माण सम्पन्न भएन?
क्षेत्र विकाश कोषवाट मैले ७५ लाख र प्रदेश सासंद राजेन्द्र कुमार राईले ७५ लाख गरेर १ करोड ५० लाख बजेट त दिईएकै हो । के कारणले फेरी निर्माण सम्मपन्न भएन स्थानीय सरकार संग सोध्नु छ । मलाई लाग्छ स्थानीय सरकारको विभिन्न निकाय, कर्मचारी सम्यन्त्र र उदाशिनताको कारणले नै सतिघाटको फेरी निर्माण कार्य भएन ।
के फेरी निर्माण पछि विकल्प वा काम चलाउ छदैं छ भनेर पक्कि पुल बन्ने मिति त सर्ने हैन? कहिले बन्छ पक्कि पुल? तपाईकै कार्यकालमा पक्कि पुल बन्छ?
फेरी निर्माण भईसकेपछि अरुण नदिमा बन्ने विशेषतः लम्सुवाघाटको पक्कि पुल बन्ने कार्यको लागि कुनै किसिमको राजनितिक लुच्छातानी गर्ने खालको काम हुन दिने छैन । लम्सुवाघाटको पक्की पुल नबन्दा यहाँको जनताहरुलाई जति पिडा छ त्यो भन्दा बढी पिडा मलाई छ । यदि लम्सुवा घाटको पक्कि पुल बनाउन सकिन भने म आफै असफल हुनेछु । प्रत्येक दिन ठेकेदारहरु संग छलफल र सम्पर्कमा बसिरहेको छु । अब नयाँ तरिकाले ठेकदारहरुलाई काम लगाईनेछ र कार्तिक पछि नै तत्काल संखुवासभा पट्टिको ३ वटा फाउन्डेशन संगै फेरी निर्माणको लागि टेन्डर लागाइने छ ।
अरुण नदिमा भोजपुरको उत्तरीभेगमा जोड्ने पक्कि पुल नबने सम्म यहाँका जनताले विकाश भएको महशुस गर्न सक्दैन र गर्दैन यो अवस्थामा कसरी जनताको चित्त बुझाउन हुन्छ?
अरुण नदिको लम्सुवाघाटको पुलमा सबै भन्दा बढि निगरानी राखेकै छु चुनावको बेलामा पनि आएर मैले भनेको त्यहि हो लम्सुवाघाटको पुल बनाउछु भनेर । यदि मैले मेरो कार्यकालमा बनाउन सकिन भने अब अर्को पटक जनताले मलाई बाटोमा ल्याउनेछ । हामिले प्राथामिक्तामा राखेकाछौं कि हामीलाई क्षेत्रविकास कोष देखि आउने पैसा ३ करोड ८१ वटा वडामा बाड्नु पर्ने तर ७५÷७५ लाखचै त्याहि फेरी निर्माणको लागि पनि हालेका थियौं । पुल नबनीसक्दा सम्मको लागि फेरीले पनि राम्रै सुविधा दिने थियो । तर गत बर्ष सम्पन्न भएन यो बर्ष अनिवार्य फेरी निर्माण कार्य सम्पन्न हुनु पर्छ ।
अब हामी तपाईको कार्यकाल भरिमा पक्कि पुल निर्माण भईसक्छ भन्नेमा विश्वस्त हुन सक्छौं?
विश्वास नगरेत सन्सार पनि अडिदैन विश्वास त गर्नै पर्छ र जनताको विश्वासलाई टुट्न दिने छैनौं मेरो र प्रदेश सांसद राजेन्द्र कुमार राईको विस्वासले पक्कि पुल अब बन्छ र पुल नबने सम्मको लागि फेरी बनाएर जनताले भोग्नु परेको समस्याको अस्थाई समाधान तत्कालनै गर्नेछौं ।
जनताले नजप्रतिनिधीहरु विलासि भए भन्छन् त के भन्न चाहनु हुन्छ?
एक विराउने शाखा पिराउने भनेको यहि एक जना त्यस्तो भयो भन्दैमा सबै त्यस्तै हुदैन । मैले त्यस्तो गरेको छु जस्तो लाग्दैन तर म भगवान होईन गल्तिहरु हुनसक्छ यदि त्यस्तो गरेको छु भने तपाईहरुको सुझाप अनि सल्लाहनुसा मेरो व्यावहारलाई सच्याउने छु ।

अन्तमा के भन्न चाहनु हुन्छ आम सर्वसाधरण र नगरवासी तथा जिल्लावासीहरुलाई?
अब सबै कुरा मैले भनिसकेको छु बिशेष गरेर रोडको हिलोमाा लडेको बाईक र गाडीको फोटो खिचेर नेताले गरेन भनेर गाली नगरिदिन आग्रह गर्दछु । यो हाम्रो देश भौगिलिक बनौटको हिसावले यस्तै छ प्रकृतिको नियमलाई उल्ट्यउन सकिदैन र विकाश भनेको फु मन्तर गरेर हुदैन काम भईरहेको छ नआत्तिनुस विस्तारै समस्याको समाधान हुदैं जानेछ र गर्दै जानेछौं । साथै दशै शुभदिपावली तथा छट अनि उभौलि उधौली अनि नेपाल संम्बद र ल्होछारको हार्दिक मंगलमय शुभकामना पनि व्याक्त गर्दछु ।

आफ्नो महत्वपूर्ण समय उपलब्ध गराईदिनु भएकोमा यहाँलाई धन्यवाद ।

मलाई पनि आफ्नो विचार सम्प्रेषण गर्न सहयोग गर्नु भो यहाँलाई र यहाँको सिङ्गो दिङला खबर साप्ताहिकको टिमलाई मेरो व्यक्तिगत तर्फबाट धन्यवाद ।

भिडियाे